ad ad

प्रविधि


इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउँदै रुस

इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउँदै रुस

नेपालखबर
फागुन २८, २०७८ शनिबार १३:४४, काठमाडौँ

रुसले इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। रुसले इन्स्टाग्रामलाई मुलुकमा प्रतिबन्ध लगाउने र मातृ कम्पनी मेटा प्लेटफर्मस् इंकमाथि  आपराधिक मुद्दा दायर गर्ने बताएको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युक्रेन आक्रमणका घटनालाई आफ्नो प्लेटफर्ममा अनुमति दिने निर्णय गरेसँगै रुस मेटामाथि खनिएको हो। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिकी सामाजिक सञ्जालसँगको रुसको सम्बन्ध पनि चिसिएको छ। रुसले यसअघि नै ट्वीटरको पहुँच सीमित पार्ने निर्णय गरिसकेको छ।

त्यस्तै फेसबुकमा पनि प्रतिबन्ध लगाएको छ। यस्तोमा उसले मेटा कम्पनीको अर्को सामाजिक सञ्जाललाई लक्षित गरी कारबाहीको तयारी गरेको हो। 

मेटाले भने रुसले गरेको आक्रमणको विरुद्धमा असामान्य कदम चालिएको र यो कदम विशेष परिस्थितिको लागि पनि लागू हुने बताएको छ।

रुसले भने मेटाको यो कदमले हिंसालाई बढावा दिएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .