ad ad

प्रविधि


रुसमा मेटालाई ‘चरमपन्थी संगठन’ घोषणा

रुसमा मेटालाई ‘चरमपन्थी संगठन’ घोषणा

नेपालखबर
चैत ८, २०७८ मंगलबार ८:१, काठमाडौँ

रुसको एक अदालतले अमेरिकी प्रविधि कम्पनी मेटालाई चरमपन्थी समूह घोषणा गरेको छ।

साथै मेटा ग्रुपका दुई उत्पादन फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्धको फैसला सुनाएको छ। यद्यपि यो फैसला मेटाकै अर्को समाजिक सञ्जाल ह्वाट्सएपमाथि भने लागू हुनेछैन। 

रुसको अदालतले चरमपन्थी संगठनको रुपमा घोषणा गरेसँगै रुसमा मेटा कम्पनीलाई आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) र विपक्षी नेता एलेक्सी नाभाल्नीसँग जोडिएका संगठनलाई जस्तै नियम लागू हुनेछ। 

रुसमा मार्च ४ यता फेसबुकमा प्रतिबन्ध लगाइएको छ।

यसअघि फेसबुकले युक्रेनमाथि रुसले गरेको आक्रमणका सामग्रीलाई सामाजिक सञ्जालमा अनुमति दिने निर्णय गरेको थियो। रुसले त्यसको विरोध गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .