ad ad

प्रविधि


के इलोन मस्क अर्को सामाजिक सञ्जाल ल्याउँदै छन्?

के इलोन मस्क अर्को सामाजिक सञ्जाल ल्याउँदै छन्?

नेपालखबर
चैत १४, २०७८ सोमबार १४:१२, काठमाडौँ

संसारकै धनी इलोन मस्क एक–एक थोक ट्विट गरेर चर्चामा छाइरहन्छन्। 

गत शनिबार यस्तै एउटा ट्विट गरेका छन् उनले। भर्चुअल मुद्राबारे ट्विट गरेर कारोबारमै उथलपुथल ल्याइदिने गरेका उनले यसपटक नयाँ सामाजिक सञ्जाल खोल्नेबारे सोचिरहेको बताएका हुन्। 

शनिबार उनले यसबारे ट्विट गरेका थिए। त्यसमा उनले ट्विटरले अभिव्यक्ति स्वतन्त्रता नदिएको आरोप लगाएका थिए। 

ट्विटमा उनले ट्विटरलाई अभिव्यक्ति स्वतन्त्रताको वास्तविक सार्वजनिक क्षेत्र मानिए पनि त्यसको पालना नगरेको बताउँदै अब के गर्ने त भनी प्रश्न गरेका थिए। 

त्यसपछि उनले सोधेका थिए– के अब नयाँ सामाजिक सञ्जालको खाँचो देखिएको हो त? 

यसले पनि उनी नयाँ सामाजिक सञ्जाल ल्याउनेबारे सोचिरहेको अड्कलबाजी गरिएको हो। 

यसअघि पनि उनले आफूले के गर्ने के नगर्नेबारे ट्विटरमा फलोअरलाई सोध्दै आएका छन्। केही समयअघि उनले टेस्लाको सेयर बिक्री गर्नेबारे पनि सोधेका थिए। 

यदि मस्कले नयाँ सामाजिक सञ्जाल ल्याए अन्य परिचित सार्वजनिक व्यक्तित्वको क्लबमा उनी पनि थपिनेछन्। यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विटर र फेसबुकसँग असन्तुष्टि पोखेको लामो समयपछि नयाँ सामाजिक सञ्जाल ट्रुथ सोसल ल्याएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .