ad ad

प्रविधि


ट्वीटरमा ‘इडिट बटन’ राख्ने विषयमा प्रयोगकर्तासँग मस्कले मागे राय

ट्वीटरमा ‘इडिट बटन’ राख्ने विषयमा प्रयोगकर्तासँग मस्कले मागे राय

नेपालखबर
चैत २२, २०७८ मंगलबार १०:४९, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले ट्वीटमा ‘इडिट बटन’ राख्ने वा नराख्ने भन्ने बारे प्रयोगकर्ताबाट राय मागेका छन्।

ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेसँगै मस्कले प्रयोगकर्ताबाट यस्तो राय मागेका हुन्। 

मस्कले यसअघि करिब ३ अर्ब डलरबराबरको ट्वीटरको सेयर खरिद गरेका थिए। यससँगै उनी ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका हुन्।

ट्वीटरमा उनले पोल राख्दै लेखेका छन्– के तपाईँ इडिट बटन चाहनुहुन्छ? 

मस्कको ट्वीटमा प्रतिक्रिया दिँदै ट्वीटरका सीईओ प्रयाग अग्रवालले लेखेका छन्, ‘कृपया, सावधानीपूर्वक मत दिनुहोला। यो पोलको नतिजा निकै महत्वपूर्ण हुनेछ।’

ट्वीटरले अप्रिल १ मा अहिले कम्पनी लामो समयदेखि प्रतीक्षामा रहेको ‘इडिट’ फिचर्स ल्याउने तयारीमा रहेको उल्लेख गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .