सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कलाई कम्पनीको निर्देशक बोर्डमा मनोनित गर्ने गर्ने भएको छ।
मंगलबार कम्पनीले एक सूचना जारी गर्दै मस्कलाई बोर्डमा ल्याउन लागिएको जानकारी दिएको हो।
कम्पनीको नीति तथा योजना निर्माणको काम बोर्डले गर्ने गर्छ।
मस्कले यसअघि नै ट्वीटरमा महत्वपूर्ण परिवर्तन ल्याउने बताइसकेका छन्। ट्वीटरको प्रमुख सेयरधनी बनेसँगै मस्कले यस्तो घोषणा गरेका हुन्।
मस्कले ट्वीटरको करिब ३ अर्ब डलरबराबरको सेयर खरिद गरेका हुन्।
मस्क यसअघि ट्वीटरको आलोचकका रुपमा रहँदै आएका थिए।
45
Shares
प्रतिक्रिया