ad ad

प्रविधि


रुसी संसदको च्यानलमा युट्युबको प्रतिबन्ध

रुसी संसदको च्यानलमा युट्युबको प्रतिबन्ध

नेपालखबर
चैत २९, २०७८ मंगलबार ८:४४, काठमाडौँ

युट्युबले रुसी संसदको तल्लो सदनको प्रशारण गर्ने डुमा टीभीमाथि प्रतिबन्ध लगाएको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युट्युबले यस्तो कदम चालेको हो।

यो कदमसँगै रुसी अधिकारीले लोकप्रिय स्ट्रिमिङ सेवामाथि आक्रोश व्यक्त गरेका छन्। जानकारहरुका अनुसार आगामी दिनमा रुसले युट्युबमाथि प्रतिबन्ध लगाउन सक्छ। 

शनिबार युट्युबले एक विज्ञप्ति जारी गर्दै डुमा च्यानलले युट्युबको मापदण्ड पालना नगरेको उल्लेख गरेको थियो।  

रुसले युट्युबलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ। रुसले अमेरिकी प्रविधि कम्पनीले सूचना युद्धमा रुसविरोधी धारा बोकेको आरोप लगाएको छ।

डुमाका सभामुख भ्याचेस्लाभ भोलोदिनले युट्युबले अहिले लगाएको प्रतिबन्ध आफूहरुको अधिकार र स्वतन्त्रताको उल्लंघन अमेरिकाले कसरी गरिरहेको छ भन्ने कुराको प्रमाण रहेको बताए। 

अमेरिकाले सूचना सञ्चारमा एकाधिकार लाद्न खोजेको तर आफूहरु त्यसो हुन नदिने पक्षमा रहेको उनले सुनाए। रुसले यसअघि नै ट्वीटर र मेटा प्लेटफर्मका सेवामाथि प्रतिबन्ध लगाइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .