ad ad

प्रविधि


अमेरिकाले भन्यो– हाम्रो स्याटेलाइट ध्वस्त पार्ने हतियार बनाउँदै छन् चीन र रुस

अमेरिकाले भन्यो– हाम्रो स्याटेलाइट ध्वस्त पार्ने हतियार बनाउँदै छन् चीन र रुस

नेपालखबर
चैत ३०, २०७८ बुधबार १४:२, काठमाडौँ

अमेरिकाले चीन र रुसले आफ्ना स्याटेलाइटलाई आक्रमण गर्न सक्ने हतियार विकास गरिरहेको आरोप लगाएको छ। अमेरिकी रक्षा मन्त्रालयको गुप्तचर नियोगले यस्तो बताएको हो।

रक्षा मन्त्रालयको गुप्तचर नियोगका अनुसार अहिले चीनसँग स्याटेलाइटलाई अवरोध पुर्‍याउने, ध्वस्त पार्ने, क्षमता घटाउने क्षमता भएको लेजर प्रणाली छ।

सन् २०२० को दशकको मध्यसम्ममा चीनले आफ्नो क्षमता थप विस्तार गर्न सक्ने र यो नन अप्टिकल स्याटेलाइटको लागि चुनौती हुन सक्ने नियोगले उल्लेख गरेको छ। 

चीनले निरन्तर आफ्नो जासुसी, नियमनकारी स्याटेलाइट निर्माण गरिरहेको छ। यो संख्याको आधारमा चीन अमेरिकापछि दोस्रो स्थानमा आइपुगेको छ। सन् २०१८ यता चीनको इन–अर्बिट प्रणाली झण्डै दोब्बर भएको छ। 

अमेरिकाका अनुसार चीनसँग विश्वका करिब आधा आईएसआर प्रणालीको स्वामित्व वा सञ्चालन गर्दै आएको छ। यसले अमेरिकालाई लक्षित गरी नियमन, ट्र्याकिङ गर्नेजस्ता कार्यहरु गर्न उसलाई सहज हुने अमेरिकाले उल्लेख गरेको छ। 

यसले कोरियाली प्रायद्वीप, ताइवान, हिन्द महासागर र दक्षिण चीन सागरको निगरानीका लागि पनि उसलाई सहज हुने अमेरिकाको दाबी छ। 

त्यस्तै अहिले रुससँगै पनि त्यस्ता धेरै लेजरहरु रहेको अमेरिकाले बताएको छ। जसले स्याटेलाइटको काम प्रभावित हुन सक्छ।

सन् २०३० सम्म रुसले उच्च क्षमताको प्रणाली विकास गर्न सक्ने अमेरिकाको आशंका छ। पछिल्लो समय रुसले गरिरहेको विभिन्न प्रक्षेपणमा पनि अमेरिकाले चिन्ता व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .