ad ad

प्रविधि


६ महिनापछि चिनियाँ स्पेस स्टेसनबाट फर्किए तीन अन्तरिक्षयात्री

६ महिनापछि चिनियाँ स्पेस स्टेसनबाट फर्किए तीन अन्तरिक्षयात्री

नेपालखबर
बैशाख ३, २०७९ शनिबार १३:५६, काठमाडौँ

शनिबार चिनियाँ टियाङगोङ स्पेस स्टेसनबाट तीनजना अन्तरिक्षयात्री फर्किएका छन्।

अन्तरिक्षयात्रीहरुलाई स्पेस स्टेसनबाट पृथ्वीमा अवतरण हुन ९ घण्टा लागेको थियो।

अघिल्लोपटक सोही स्पेस स्टेसनबाट पृथ्वीमा अन्तरिक्षयात्रीलाई ल्याउन करिब २४ घण्टा लागेको थियो। 

शनिबार बिहान चीनको इनर मंगोलियामा शेन्झोउ १३ क्याप्सुल अवतरण गराइएको हो।  

अवतरणको लागि तीन पारासुट प्रयोग गरी क्याप्सुलको गति घटाइएको थियो। 

पहिलोपटक चिनियाँ अन्तरिक्षयात्री यति लामो समय अन्तरिक्षमा बसेका हुन्।

पछिल्लो समय चीनले अन्तरिक्ष कार्यक्रमको लागि उल्लेख्य रकम खर्च गरेको छ।

साथै उसले अन्तरिक्ष कार्यक्रमको लागि आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै जाने उल्लेख गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .