ad ad

प्रविधि


ईयूले ल्यायो ठूला प्रविधि कम्पनीमाथि अंकुश लगाउने महत्वपूर्ण कानुन

ईयूले ल्यायो ठूला प्रविधि कम्पनीमाथि अंकुश लगाउने महत्वपूर्ण कानुन

युरोपेली कार्यकारी अपाध्यक्ष मरग्रेथ भेस्टागर


नेपालखबर
बैशाख १०, २०७९ शनिबार ८:३६, काठमाडौँ

युरोपेली संघ (ईयू)ले ठूला प्रविधि कम्पनीहरुलाई अंकुश लगाउने महत्वपूर्ण कानुन ल्याउने भएको छ। ईयूका नेताहरु शनिबार नयाँ डिजिटल नियमनकारी नियमका लागि सहमत भएका हुन्।

अहिले ईयूले ल्याउन लागेको नयाँ नियमले गुगल, मेटाजस्ता प्रविधि कम्पनीको प्लेटफर्मका अवैध कन्टेन्टविरुद्ध आक्रामकरुपमा कानुनी कदम चाल्न र ठूलो जरिवानाको लागि बाटो खुला गरेको छ। 

अहिले ल्याइएको नयाँ डिजिटल नियमअनुसार कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई लिंग, रंग वा धर्मको आधारमा विज्ञापन देखाउन पाउने छैनन् ।

साथै बालबालिकालाई लक्षित गरी विज्ञापन देखाउन पनि पाइनेछैन। 

त्यस्तै कुनै मानिसलाई कुनै अन्य सेवा प्रयोग गर्नैपर्ने बनाउन पनि पाइनेछैन। 

कुनै प्रविधि कम्पनीले यो नियम पालना नगरेको पाइए कम्पनीको समग्र आम्दानीको ६ प्रतिशत बराबरको जरिवाना लगाउन सक्ने व्यवस्था नयाँ नियमले गरेको छ। 

अहिले ल्याइएको नियमले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जाल कम्पनीहरु प्रभावित हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .