ad ad

प्रविधि


तालिबानले लगायो टिकटक र पबजीमाथि प्रतिबन्ध

तालिबानले लगायो टिकटक र पबजीमाथि प्रतिबन्ध

नेपालखबर
बैशाख १०, २०७९ शनिबार ११:४, काठमाडौँ

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले भिडियो शेयरिङ्ग एप टिकटक र अनलाइन मल्टिप्लेयर गेम पबजीमाथि प्रतिबन्ध लगाएको छ।

यस्ता एपले युवाहरुलाई भ्रमित पारेको भन्दै तालिबानले प्रतिबन्धको घोषणा गरेको हो। तालिबानले ‘अनैतिक सामग्री’ प्रचार गरे टेलिभिजन च्यानलमा पनि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ।

यसअघि तालिबानले संगीत, सिनेमा र टेलिभिजन शोहरुमा प्रतिबन्धको निर्णय गरेको थियो। 

गत वर्ष अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै तालिबानले आगामी दिनमा सहज नियम ल्याउने प्रतिबद्धता गरेको थियो।

यद्यपि तालिबान पुनः पुरानै शासन प्रणालीतर्फ अग्रसर बनेको र विशेषगरी महिलाअधिकार प्रति थप अनुदार देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

तालिबानका प्रवक्ता इनामुल्लाह समनगानीले पछिल्लो प्रतिबन्ध युवाहरुलाई भ्रमित हुनबाट बचाउन आवश्यक रहेको बताए। यद्यपि यो प्रतिबन्ध कहिलेदेखि कार्यान्वयनमा आउने हो र कहिलेसम्म जारी रहने हो भन्ने विषयमा भने खुलाइएको छैन। 

गत वर्षको अगष्टमा सरकारमा आएपछि पहिलोपटक तालिबानले कुनै एपमाथि प्रतिबन्धको निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .