ad ad

प्रविधि


देशभरको इन्टरनेट सेवा रोकिन सक्ने, सेवाप्रदायकले दिए सरकारलाई दोष

देशभरको इन्टरनेट सेवा रोकिन सक्ने, सेवाप्रदायकले दिए सरकारलाई दोष

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०७९ शनिबार २१:४४, काठमाडौँ

ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागि सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिन सक्ने सेवा प्रदायकहरुले बताएका छन्।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले शनिबार विज्ञप्ति जारी गर्दै सरकारका कारण ६ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी गर्न नसकेको जनाएको हो। 

टेलिभिजन सेवा प्रदायकलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख  गरेको छ।

 टेलिभिजन सेवा प्रदायकलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ।

विरोधस्वरुप आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ। 

त्यससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .