ad ad

प्रविधि


ट्विटरबाट नक्कली अकाउन्ट हटाए इलोन मस्ककै फलोअर्स आधा हुने

ट्विटरबाट नक्कली अकाउन्ट हटाए इलोन मस्ककै फलोअर्स आधा हुने

नेपालखबर
बैशाख १८, २०७९ आइतबार २१:३३, काठमाडौँ

४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका इलोन मस्कले आफ्नो प्रमुख प्राथमिकता ‘स्पाम बट्स’ हटाउनु भएको बताएका छन्। तर, त्यसो गर्दा उनकै फलोअर्स झन्डै आधा हुन देखिएको छ।

यही महिना मस्कले ट्विटमार्फत स्पाम बट्स ‘ट्विटरको सबभन्दा रिसउठ्दो समस्या’ भएको बताएका थिए। ट्विटरसँग सम्झौतापछि पनि उनले नक्कली अकाउन्ट बन्द गराउने बाचा गरेका छन्। 

ट्विटरमा स्पाम बट्स भनेको कम्प्युटर प्रोग्रामकृत त्यस्ता नक्कली अकाउन्ट हुन्, जसले वास्तविक व्यक्तिको क्रियाकलापको नक्कल गर्छन्। मिथ्या समाचार प्रसार गर्नेदेखि लिएर विज्ञापन र ठगीजस्ता कामका लागि पनि यस्ता अकाउन्टको प्रयोग हुन्छ। 

स्पाम बट्सको समस्यासँग जुध्न ट्विटरले विभिन्न नीति बनाए पनि ती प्रभावकारी हुन सकेका छैनन्। 

ट्विटर अडिटिङ टुल स्पार्कटोरोका अनुसार मस्ककै आधाजसो फलोअर्स नक्कली हुन्। हाल ट्विटरमा मस्कका ८.९ करोड फलोअर्स छन्। त्यसमध्ये ४८ प्रतिशत अकाउन्ट नक्कली भएको स्पार्कटोरोको अनुमान छ। 

मस्ककै हाराहारीमा फलोअर्स भएकाहरु अन्य व्यक्तिका करिब ४१ प्रतिशत फलोअर्सं नक्कली हुन्। तीभन्दा मस्कको नक्कली फलोअर्सको अनुपात ७ प्रतिशतले बढी छ। (टाइम म्यागेजिनबाट) 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .