संसारभरिका वेबसाइटहरुको वरीयता निर्धारण गर्दै आएको एलेक्सा बन्द भएको छ।
करिब २६ वर्षसम्म चलेको यो साइट यही मे १ देखि बन्द भएको हो।
यसको सञ्चालक कम्पनी अमेजनले सन् २०२१ को डिसेम्बर १० मै यसबारे पूर्वसूचना दिएको थियो। सोहीअनुसार आइतबारदेखि एलेक्सा बन्द भएको हो।
कम्पनीले एलेक्सा डटकममै साइट बन्द भएको सूचना प्रेषण गरेको छ।
सूचनामा भनिएको छ, ‘दुई दशक बढी समय तपाईंलाई सेवा दिएपछि सन् २०२२ मे १ देखि हामी सेवा प्रदानबाट विदा लिएका छौँ। विषयवस्तुको अनुसन्धान, प्रतिस्पर्धाको विश्लेषण, किवर्ड खोज र अन्य धेरैका लागि हामीलाई स्रोत बनाइदिनुभएकामा तपाईंहरुलाई धन्यवाद!’
एलेक्सा डटकम सन् १९९६ मा स्थापना भएको थियो। वेब ट्राफिक र विश्वका चर्चित वेबसाइटहरुको विश्लेषणका लागि यसले सुख्याति कमाएको थियो।
सन् १९९९ मा अमेजनले यसलाई २५ करोड अमेरिकी डलरमा खरिद–प्राप्ति गरेको थियो।
यसले विश्वका ३ करोड बढी वेबसाइटको विश्लेषण र वरीयता निर्धारण गरेको थियो। यसले कुनै पनि वेबसाइटको प्रस्तुतिलगायतको पनि मापन गथ्र्यो। जस्तो वेबसाइटमा भिजिटर कति आउँछन्, प्रस्तुति कस्तो छ जस्ता कुराहरुको यसले विश्लेषण गथ्र्यो र वरीयता दिन्थ्यो।
सन् २०२१ डिसेम्बर ८ मा कम्पनीले आफ्ना नयाँ सेवा खरिद (सब्सक्रिप्सन) लिन बन्द गरेको थियो। कम्पनीले सन् २०२२ अप्रिल १ सम्म आफ्ना सब्सक्राइबरबाट सेवाबापतको शुल्क लिएको थियो।
Shares
प्रतिक्रिया