सामाजिक सञ्जाल ट्वीटरले समग्र खाताको ५ प्रतिशतभन्दा कम मात्र मनिटाइज भएका दैनिक सक्रिय प्रयोगकर्ताको नक्कली खाता रहेको हुन सक्ने बताएको छ।
ट्वीटरका अनुसार यस वर्षको पहिलो त्रैमासमा कम्पनीका २२ करोड ९० लाख प्रयोगकर्ताले एड्भर्टाइजिङ सेवा लिएका थिए।
ट्वीटर खरिदको सम्झौता गरेका टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको सबै नक्कली खाता हटाउने घोषणा गरेसँगै यस्तो अनुमान सार्वजनिक भएको हो।
ट्वीटरले पनि मस्कसँगको सम्झौता प्रक्रिया पूरा नहुँदासम्म भविष्यबारे अन्योल रहेको बताइसकेको छ।
मस्कले भने सम्झौता प्रक्रिया सम्पन्न भएपछि ट्वीटरमा महत्वपूर्ण परिवर्तन गरिने र अभिव्यक्ति स्वतन्त्रतालाई थप फराकिलो बनाइने बताएका छन्।
27
Shares
प्रतिक्रिया