हालै मात्र ट्वीटर खरिदको सम्झौता गरेका अर्बपति इलोन मस्कले व्यावासायिक र सरकारी प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोगबापत केही शुल्क बुझाउनुपर्ने नियम ल्याइने बताएका छन्।
मंगलबार मस्कले आम प्रयोगकर्ताको लागि ट्वीटर निःशुल्क हुने पनि स्पष्ट पारेका छन्।
यद्यपि मस्कले यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन्। यस विषयमा ट्वीटरले भने कुनै प्रतिक्रिया दिएको छैन।
पछिल्लो एक महिनायता टेस्लाका सीईओसमेत रहेका मस्कले उल्लेख्य मात्रामा ट्वीटरमा परिवर्तनको योजना अघि सारेका छन्।
मस्कले ट्वीटरमा नयाँ फिचर ल्याउने, विश्वसनीयता बढाउने, नक्कली खाता हटाउनेलगायतका विभिन्न योजना अघि सारिसकेका छन्।
उनले ट्वीटरलाई थप पारदर्शी बनाउँदै अघि बढ्ने बताउँदै आएका छन्।
27
Shares
प्रतिक्रिया