अमेरिकी अर्बपति इलोन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नक्कली खाताको विषयमा सार्वजनिक बहसमा आउन चुनौती दिएका छन्।
उनले उक्त बहसमा नक्कली खाताको संख्या पाँच प्रतिशतभन्दा कम देखाउन चुनौती दिएका हुन्।
यसअघि ट्वीटरले भने ४४ अर्ब डलरको खरिद सम्झौताको सबै शर्त पालना गरेको दाबी गरेको थियो।
ट्वीटरले यो सम्झौता पूरा गराउन अदालतमा मुद्दा दायर गरेको छ। त्यसको जवाफमा मस्कले पनि ट्वीटरले खरिद सम्झौताको शर्तहरु पालना नगरेको भन्दै अर्को मुद्दा दायर गरेका छन्।
मस्कले ट्वीटरले आफूलाई नक्कली खाताको संख्या ५ प्रतिशतभन्दा कम रहेको पुष्टि गराउन सके सुरुवाती शर्तअनुसार नै सम्झौता अघि बढ्न सक्ने बताएका हुन्।
27
Shares
प्रतिक्रिया