सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भीरमा अड्किएका एक जनाको शनिबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर ५० मिटर तल
मेलम्ची खोलामाथिको भीरमा अड्किएका थिए।
यसबारे जानकारी पाउनसाथ मेलम्चीस्थित सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त रूपमा गएको प्रहरी टोलीले उनको उद्धार गरेको हो।
45
Shares
प्रतिक्रिया