अर्बपति इलोन मस्क ट्वीटरसँगको खरिद सम्झौताबाट बाहिरिने विषयमा जारी रहेको विवादको मुद्दा लम्ब्याउने तयारीमा देखिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ट्वीटरकै पूर्वकर्मचारीले ट्वीटरको बारेमा खुलासा गरेसँगै मस्कले उनको भनाइलाई पनि समेटेर आफ्नो जाहेरीको विवरण पनि सच्याएका छन्।
यसअघि मस्कका वकिलले ट्वीटरलाई पत्र लेख्दै पूर्व कर्मचारीको भनाइले पनि सम्झौताबाट बाहिरिनुको औचित्य पुष्टि गरेको उल्लेख गरेका थिए।
गत जुलाईमा टेस्लाका सीईओसमेत रहेका मस्कले ट्वीटरसँगको सम्झौताबाट बाहिरिने पत्र पठाएका थिए।
ट्वीटरले नक्कली खाताको विवरण नबुझाएको भन्दै उनले सम्झौताबाट बाहिरिने निर्णय गरेको मस्कको भनाइ थियो। यस्तो अवस्थमा ट्वीटरका पूर्व कर्मचारीले नै ट्वीटरको सुरक्षाको विषयमा प्रश्न उठाएका हुन्।
सम्झौताबाट बाहिरिएको विषयमा मस्क र ट्वीटरले एक अर्काविरुद्ध मुद्दा दायर गरेका छन्। मंगलबार मस्कले यो मुद्दाको सुनुवाइ नोभेम्बर १० का लागि सार्न अनुरोध गरेका छन्।
Shares
प्रतिक्रिया