अमेरिकी प्रविधि कम्पनी एप्पल चिनियाँ कम्पनी याङ्टज मेमोरी टेक्नोलोजिजले बनाएको मेमोरी चिप प्रयोग गर्ने योजनाबाट पछि हटेको छ।
अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथिको निर्यातसम्बन्धी कानुनमा गरेको कडाइको बीचमा एप्पल आफ्नो निर्णयबाट पछि हटेको हो।
यसअघि एप्पलले चिनियाँ कम्पनीले बनाएको नान्ड फ्ल्यास मेमोरीको प्रयोग गर्ने योजना बनाएको थियो। यसअघि केवल चीनमा बिक्री हुने आईफोनमा प्रयोग हुने गरी उक्त कम्पनीको मेमोरी चिप प्रयोग गर्ने योजना बनाइएको थियो।
सुरुमा एप्पलले आफ्नो आईफोनको लागि आवश्यक पर्ने ४० प्रतिशत चिप चिनियाँ कम्पनीबाट लिने योजना बनाएको थियो।
तर,गत साता मात्र अमेरिकाले चीनको मेमोरी चिप निर्माता वाईएमटीसीसहित अन्य ३० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
यस विषयमा एप्पल र चिनियाँ कम्पनी दुवैले आधिकारिक जानकारी भने दिएका छैनन्।
Shares
प्रतिक्रिया