ad ad

राजनीति


माओवादी र कांग्रेस मिलेर रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन चाहन्छौंः पुन

माओवादी र कांग्रेस मिलेर रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन चाहन्छौंः पुन

फाइल तस्बिर


नेपालखबर
असोज ३१, २०७९ सोमबार १२:१२, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सशस्त्र माओवादी जनयुद्धको उद्गम थलो रोल्पाबाट कांग्रेस र माओवादी सहकार्यको सन्देश दिन चाहेको बताएका छन्।

पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रियस्तरमै दुई दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताए। विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शाक्ति कांग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो। 

रोल्पा प्रदेश (ख) मा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन्।

माओवादी जनयुद्धमा आमनेसामने भएका दुई शक्तिबीचको सहकार्यले मात्र शान्ति प्रक्रियालाई पूर्णता दिन र समाजमा मेलमिलाप स्थापित गर्न सहज हुने उनको भनाइ थियो। ‘जुन शक्तिका बीचमा लडाईं भयो ती शक्ति मिलेर मात्र समाजमा शान्ति कायम हुने हो’, गठबन्धन दलद्वारा रोल्पामा घर्ती गाउँमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुःखाएको छ, शान्तिको महत्व उसलाई जति अरुलाई थाहा हुँदैन।’

पुनले कांग्रेस–माओवादी सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभई संविधान र लोकतन्त्र मास्न र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि भएको तर्क गरे। ‘पटकपटक संविधान र लोकतन्त्र मास्ने प्रयास भयो’, उनले भने, ‘हिजो हामी मिलेर त्यो प्रयास असफल पारेका हौं। संविधान र व्यवस्थाको रक्षाका लागि हामी मिल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ।’ उनले गठबन्धनको उद्देश्य मुलुकमा दिगो शान्ति, राजीतिक स्थायित्व तथा विकासको तीव्रता भएको बताए।

माओवादी र कांग्रेस दुवै दलका कार्यकर्तालई उनले विगतका तिक्तता बिर्सिएर राष्ट्रिय आवश्यकताका आधारमा मेलमिलाप र हकार्यको हात बढाउन अपिल गरे।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यसअघि ०७४ को निर्वाचनमा पनि उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .