ad ad

प्रविधि


फेसबुकले साथी सिफारिस गर्न फोन नम्बरको प्रयोग रोक्दै

फेसबुकले साथी सिफारिस गर्न फोन नम्बरको प्रयोग रोक्दै

नेपालखबर
पुस ५, २०७६ शनिबार ९:२७,

फेसबुक प्रयोग गर्दा हामीले ‘फ्रेन्ड्स फ्रम योर कन्ट्याक्ट’ र ‘पिपुल यु मे नो’ अप्सनहरु देख्छौं।

जहाँ हामीसँग फोनमा सेभ भएका नम्बरहरुको फेसबुक अकाउन्ट हुन्छ। यसरी फेसबुकले फोन नम्बरको प्रयोग गरेर साथी सिफारिस गर्दै आएको छ।

अब यस फिचरलाई फेसबुकले बन्द गर्ने भएको छ। सन् २०२० मा यो फिचर बन्द हुने बताइएको छ।

फोन नम्बरले साथी सिफारिस गर्दा गोपनीयतामाथि प्रश्न उठ्न थालेपछि फेसबुकले यस फिचर बन्द गर्ने भएको हो।

यस्तै फेसबुकले हालै फेसबुकमा नयाँ फिचर लन्च गरेको छ। हालको फिचरले फेसबुक ह्याक हुनबाट जोगाउने बताइएको छ।

अब आफ्नो कम्प्युटर र फोनबाहेक अन्यको फोन र कम्प्युटरबाट फेसबुक लगइन गर्दा तपाइँको व्यक्तिगत फोनमा म्यासेज कोड आउनेछ। त्यो हालेपछि मात्र फेसबुक खुल्नेछ।

यसरी व्यक्तिगत फोनमा फेसबुकको म्यासेज आउनेहुँदा ह्याकरले उक्त कोड पत्ता लगाउन नसकेपछि फेसबुक अकाउन्ट सुरक्षित हुने जनाइएको छ। एजेन्सी

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .