ad ad

प्रविधि


नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन

नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन

नेपालखबर
पुस ६, २०७६ आइतबार ७:२५,

विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गरेको छ। टेलिटक प्रालि नेपालमा विगत दशकदेखि विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री तथा वितरण प्रवद्र्धन लागि प्रख्यात छ।

नोकिया२.३ इन्ट्री लेभलको स्मार्टफोन हो। यसमा ६.२ एच डीं स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको विशेषता रहेको छ ।

यो फोनमा एआई प्रविधिबाट सञ्चालित डुअल क्यामरा छ । यसमा रेकमेन्डेड सट फिचर रहेको कम्पनीले जनाएको छ। एन्ड्रोइड १० भएको नयाँ फोनमा ३ वर्ष सम्म मासिक सेक्यूरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टेड छ।

यो फोनमा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ। यसको डिभाइस सीपीयूमा २ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ रहेको बताइएको छ। कम्पनीका अनुसार तथा स्टोरेजको क्षमता माइक्रो एसडी कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ।

त्यस्तै डुअल क्यामरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सूटर र २ मेगा पिक्सेल डेफ्थ सेन्सर, अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरिएको छ।
नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ, जसको मूल्य नेपालमा रु. ११ हजार ९ सय ९९ रुपैयाँसम्म पर्दछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .