ad ad

प्रविधि


आईफल टावर र इम्पायर स्टेट बिल्डिङभन्दा ठूलो क्षुद्रग्रह पृथ्वीनजिक आउँदै !

आईफल टावर र इम्पायर स्टेट बिल्डिङभन्दा ठूलो क्षुद्रग्रह पृथ्वीनजिक आउँदै !

नेपालखबर
पुस ८, २०७६ मंगलबार १०:३२,

आगामी बिहीबार पृथ्वीको नजिक भएर एक विशाल क्षुद्रग्रहले तीव्र गतिमा अन्तरिक्ष भ्रमण गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त अन्तरिक्ष चट्टान ६ सय २० मिटरको रहेको बताएको छ ।

यस्ता कैयौँ क्षुद्रग्रहहरु पृथ्वीको नजिक हुँदै जाने गरेका छन् । त्यसरी क्षुद्रग्रह आउँदा नासाले हरेकचोटि जानकारी दिने गरेको छ । कतिपय अवस्थामा त एकै दिन धेरै यस्ता क्षुद्रग्रहहरु पृथ्वीनजिक भएर जाने गरेका छन् ।

गत नोभेम्बर १ तारिखमा पनि यस्तै विशाल क्षुद्रग्रह पृथ्वीको नजिकै आएर गएको थियो । यसले पृथ्वीमा कुनै नोक्सानी गरेको थिएन । नासाका अनुसार उक्त क्षुद्रग्रहले पृथ्वीसँग नजिक भएर अन्तरिक्ष यात्रा गर्नेछ । यस क्षुद्रग्रहको नाम नासाले २०००सीएच५९ दिएको छ ।

सन् २००० मा पहिलोपटक पत्ता लागेका कारण यसको नाम २०००सीएच५९ दिइएको हो । यो करिब ९१९ फिटदेखि २ हजार ३४ फिटसम्मको रहेको छ । वैज्ञानिकहरुले उक्त क्षुद्रग्रह १ हजार ६३ फिटको आईफल टावर र १ हजार ४ सय ५३ फिटको एम्पायर स्टेट बिल्डिङभन्दा ठूलो रहेको बताएका छन् ।

नासाका अनुसार यसको गति ४४ हजार १ सय ७२ किमि प्रतिघण्टा हुनेछ । यो क्षुद्रग्रहले पृथ्वीभन्दा ७२ लाख ९१ हजार ४ सय किमि माथिबाट आफ्नो यात्रा गर्नेछ । यो भनेको चन्द्रमासँगको दूरीभन्दा १९ गुणा टाढा हो । सोही कारण यसले पृथ्वीलाई कुनै नोक्सानी नपु(याउने बताइएको छ ।

तर खगोलशास्त्रीहरुको भनाइमा भने यो पृथ्वीको धेरै नै नजिकको दूरी हो । द सन युकेबाट अनुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .