भारतले आगामी सेप्टेम्बर २ मा सूर्यको अध्ययन गर्न नयाँ मिसन सुरु गर्ने भएको छ।
यसअघि प्लानेटरी सोसाइटीका निर्देशक रघुनन्दन कुमारले सूर्यको अध्ययन गर्न पठाइने स्याटेलाइटलाई कति समय लाग्छ र यो मिसन कति लामो हुन्छ भन्ने विषयमा बताइसकेका छन्।
— Press Trust of India (@PTI_News) August 31, 2023VIDEO | “Aditya-L1 mission is going to undertake a 15-lakh kilometre long journey. After reaching a point, with the help of the 7 instruments, our country is going to study about the Sun over a period of next 5 years,” says Raghunandan kumar, Director at Planetary Society. pic.twitter.com/r7wFUFWFda
रघुनन्दन कुमारले समाचार एजेन्सी पीटीआईलाई भने, ‘आदित्य–एल१ मिसनले चार महिनामा १५ लाख किलोमिटरको दूरी तय गर्नेछ। एउटा बिन्दुमा पुगेपछि हामी सात यन्त्रको सहायताले आगामी पाँच वर्षसम्म सूर्यको अध्ययन गर्नेछौं।’
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) ले सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११:५० बजे सूर्यको अध्ययन गर्न 'आदित्य एल-१' उपग्रह प्रक्षेपण गर्नेछ।
सूर्यको अध्ययन गर्ने यो भारतको पहिलो अन्तरिक्ष मिसन हो।
यसअघि भारतले चन्द्रयान–३ लाई चन्द्रमामा अवतरण गराइसकेको छ।
Shares
प्रतिक्रिया