चिनियाँ वैज्ञानिक र इन्जिनियरहरुले विमान रेडारमा नदेखिने नयाँ खालको प्लाज्मा स्टिल्थ उपकरण तयार पारेको दाबी गरेका छन्।
यसअघिका प्रविधिले विमानवरिपरि प्लाज्माको बादल बनाउँथ्यो। तर, यो नयाँ उपकरण सिंगै विमान नभई दुश्मनको रेडारमा देखिने जोखिम उच्च रहेका ककपिटलगायत अन्य क्षेत्रमा राख्न सकिने बताइएको छ।
‘यसको संरचना सरल छ, शक्ति धेरै र प्लाज्मा घनत्व पनि सघन छ,’ यो परियोजनामा संलग्न वैज्ञानिक तान चाङले चाइजिन जर्नल अफ रेडियो साइन्समा प्रकाशित अध्ययनमा लेखेका छन्।
यसलाई चाँडै चिनियाँ सैन्य विमानहरुमा प्रयोग गरिने बताइएको छ।
यो प्रविधि चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गत सियान एरोस्पेस प्रोपल्सन इन्स्टिच्युटको प्लाज्मा टेक्नोलोजी सेन्टरले विकास गरेको हो।
525
Shares
प्रतिक्रिया