टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटक बिक्री नगर्ने बताएको छ। अमेरिकाले हालै टिकटक बिक्री हुनुपर्ने नत्र प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ।
‘टिकटक बेच्ने बाइटडान्सको कुनै योजना छैन,’ सो कम्पनीले भनेको छ।
यसअघि अमेरिकाका नयाँ कानुनलाई असंवैधानिक भन्दै त्यसलाई अदालतमा चुनौती दिने टिकटकले जनाएको थियो।
द इन्फर्मेसन नामक वेबसाइटमा प्रकाशित टिकटक बेच्ने तयारीसम्बन्धी समाचारको खण्डन गर्दै बाइटडान्सले सो वक्तव्य निकालेको हो।
‘विदेशी मिडियामा प्रकाशित बाइटडान्सले टिकटक बेच्न लागेको खबर सत्य होइन,’ सो कम्पनीले भनेको छ।
बुधबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए।
टिकटकका अनुसार यसको २० प्रतिशत सेयर बाइटडान्सको स्वामित्वमा छ। करिब ६० प्रतिशत सेयर लगानीकर्ता संस्थाहरुको स्वामित्वमा छ।
बाँकी २० प्रतिशत विश्वभरमा रहेका टिकटकका कर्मचारीको नाममा छ। एजेन्सी
Shares
प्रतिक्रिया