ad ad

प्रविधि


इरानले कोरोनाबारे जानकारी दिन बनाएको एप गुगलले हटाइदियो

इरानले कोरोनाबारे जानकारी दिन बनाएको एप गुगलले हटाइदियो

नेपालखबर
फागुन २८, २०७६ बुधबार १०:८,

इरान कोरोना भाइरसबाट सबैभन्दा ग्रस्त तेस्रो मूलुक हो। त्यहाँ हालसम्म ८ हजार ८२ कोरोनाबाट संक्रमित छन्। मृतकको संख्या २ सय ९१ पुगिसकेको छ।

यसबीचमा इरानले कोरोनाबारे जानकारी दिन ‘कोरोनाभाइरस एप’ निर्माण गरेको थियो। उक्त एपमा भाइरसबाट जोगिने उपाय तथा कोरोनाका नयाँ समाचारहरु हेर्न सकिन्थ्यो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इरानले उक्त एपबाट मानिसहरुमा भ्रम सिर्जना गर्न खोेजेका थिए।

एपको प्रयोगले कोरोनाभाइरस हट्ने दाबी गरिएपछि गुगलले एप हटाइदिएको बताइएको छ। साथै उक्त एपबाट इरान सरकारले जासुसी गर्न खोजेको पनि आरोप लागेको छ।

हालैका दिनमा इरान र अमेरिकाबीच विवाद बढेको छ। अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको क्षेप्यास्त्र आक्रमण गरी गत जनवरीमा हत्या गरेको थियो।

अमेरिकाले इरानलाई युरेनियम प्रशोधन नगर्न चेतावनी दिँदै आएको छ। इरानले भने अमेरिक चेतावनी नमान्ने बताइरहेको छ।

यसबीचमा अमेरिकाले नै एप बन्द गर्न लगाएको पनि इरानको आरोप छ। गुगल अमेरिकी प्रविधि कम्पनी हो।

यसबैच अमेरिकाकै कारण इरानले कोरोनाविरुद्धको उपचारका लागि औषधिहरु निर्यात गर्न नसकेको बताएको छ।

बुधबार इरानी विदेशमन्त्री अब्बास मउसाभीले पत्रकार सम्मेलनमार्फत त्यस्तो बताएका हुन्। हाल अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले विभिन्न सामाग्री इरानमा नपठाउन आफ्ना साझेदार राष्ट्रलाई आग्रह गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .