ad ad

प्रविधि


जुम भिडियोः बाइबल अध्ययन कक्षामा ह्याकरले पोर्न भिडियो स्ट्रिम गरेपछि...

जुम भिडियोः बाइबल अध्ययन कक्षामा ह्याकरले पोर्न भिडियो स्ट्रिम गरेपछि...

नेपालखबर
जेठ १०, २०७७ शनिबार ९:३९,

विश्वभरका विद्यालय तथा विश्वविद्यालयले यतिबेला यसै एप्लिकेसनबाट अनलाईन कक्षाहरु संचालन गरिरहेका छन्।

अमेरिकाको सान फ्रान्सिस्को चर्चले पनि हालै जुम भिडियोबाटै बाइबल अध्ययन कक्षा संचालन गरेको थियो।

तर अनलाईन कक्षा संचालन भइरहँदा ह्याकरले चर्चको स्ट्रिम ह्याक गरेर उक्त सामूहिक भिडियो कलमा पोर्न भिडियो स्ट्रिम गरिदिएको सीएनएनले जनाएको छ।

मे ६ का दिन यस घटना भएको हो। यससँगै चर्चले जुमविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने बताएको छ।

Using Zoom while working from home? Here are the privacy risks to ...

यस घटनाले चर्चको मर्यादा र मान्यतामा ठूलो आघात पुगेको तथा विश्वसनियता समेत गुमेको चर्चले जनाएको छ।

जुमले भने हाल लोकप्रियताको शिखरमा आफू पुगेकाले यसलाई आलोकप्रिय बनाउन ह्याकरहरु सक्रिय बनेको प्रतिक्रिया जनाएको छ।

जुमबाट गरिने संचार सुरक्षित बनाउन आफूहरु लागि परेको जुमले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .