ad ad

प्रविधि


बेलायतले हुवावेका उपकरणहरु देशबाट हटाउन आदेश दिएपछि चीन निराश

बेलायतले हुवावेका उपकरणहरु देशबाट हटाउन आदेश दिएपछि चीन निराश

नेपालखबर
असार ३१, २०७७ बुधबार ६:२७,

बेलायतले आफ्ना देशका मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका हुवावेका सबै फाइभजी उपकरणहरु सन् २०२७ सम्म हटाउन भनेको छ।

बेलायतको यस आदेशपछि बेलायतका लागि चिनियाँ राजदूतले बेलायती कार्य निराशाजनक र गलत भएको बताएका छन्।

अमेरिकाले प्रतिबन्ध लगाएको हुवावेलाई बेलायतले पनि स्थान नदिएपछि अमेरिकाले बेलायती कार्यको स्वागत गरेको छ।

अमेरिकाले हुवावेका उपकरणले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने बताउँदै हुवावेसहितका चिनियाँ सामग्री कुनै देशले प्रयोग गर्न नहुने बताउँदै आएको छ।

तर हुवावेले दोहोर्याउँदै आफ्ना कम्पनीको सामग्रीले कुनै देशलाई हानि नगर्ने प्रतिक्रिया जनाउँदै आएको छ।

गत जनवरीमा मात्र बेलायतले लामो समयको छलफलपछि हुवावेलाई बेलायतमा स्थान दिने बताएको थियो।

तर अमेरिकी प्रतिबन्धकै बीच हुवावेका सामग्री सुरक्षित छन् भन्नेमा बेलायत ढुक्क हुन नसक्ने बेलायतका अनुसन्धान एजेन्सीहरुले बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .