ad ad

प्रविधि


मुकेस अम्बानीको रिलायन्स जियोले विकास गर्‍यो फाइभ–जी नेटवर्क

मुकेस अम्बानीको रिलायन्स जियोले विकास गर्‍यो फाइभ–जी नेटवर्क

नेपालखबर
असार ३१, २०७७ बुधबार १०:५६,

४३ औं वार्षिक छलफलमा अम्बानीले आफ्नो कम्पनीले विकास गरेको फाइभ–जी नेटवर्कले भारतमा फाइभ–जीको आवश्यकतालाई पुरा गर्ने बताए।

उनले बुधबार भारतका मानिसहरुले घरेलु फाइभ–जी नेटवर्क प्रयोग गर्न पाउने उल्लेख गरे।

अम्बानीले आगामी वर्ष रिलायन्स जियोले फाइभ–जी नेटवर्क उपलब्ध गराउने र मानिसहरुले सुविधा पाउने बताए।

हाल रिलायन्स जियोले फोर–जी सुविधा दिँदै आएको छ। विश्वका अधिकाँश देशमा तिव्र गतिको इन्टरनेट सुविधा भएको फाइभ–जी नेटवर्क स्थापना भइसकेको छ।

अम्बानीले फोर–जीलाई फाइभ–जीमा अपग्रेड गर्न सजिलो हुने जानकारी दिए। यसैबीच उनले गुगलले रिलायन्स जियो कम्पनीमा ३३.७ करोड भारतीय रुपियाँ लगानी गर्ने समेत सो क्रममा बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .