चिनियाँ कम्पनी बाइटडान्स कम्पनीको स्वामित्वमा रहेको टिकटकलाई भारतले सुरक्षा खतरामा चुनौती थपेको भन्दै प्रतिबन्ध लगाएको छ।
यस्तै अमेरिकाले पनि यो विश्व चर्चित एप्सलाई प्रतिबन्ध लगाउने बताइरहेको छ। चिनियाँ एप्स भन्दै प्रतिबन्ध लाग्न थालेपछि टिकटकले बेइजिङबाट हेडक्वार्टर सार्ने योजना बनाएको छ।
विश्वभर करोडौं मानिसले टिकटक प्रयोग गर्दछन्। प्रतिबन्ध लाग्दा टिकटकलाई ठूलो घाटा हुने देखिएपछि चिनियाँ स्वामित्वबाट टाढै राख्न यस्तो गर्न लागिएको बताइएको छ।
टिकटकले आफ्नो मुख्यालय बेलायती राजधानीमा सार्न लागेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
विगत केही महिनायता कम्पनीले बेलायत सरकारसँग मुख्यालय लन्डनमा राख्न छलफल गरिरहेको रोयटर्सले जनाएको छ।
प्रतिक्रिया