ad ad

प्रविधि


यूएइको ऐतिहासिक मंगल अभियान सुरु, जापानबाट भूउपग्रहको सफल प्रक्षेपण

यूएइको ऐतिहासिक मंगल अभियान सुरु, जापानबाट भूउपग्रहको सफल प्रक्षेपण

नेपालखबर
साउन ५, २०७७ सोमबार ६:१०,

जापानबाट लन्च गरिएको रकेट सफल रुपमा मंगल ग्रहतर्फ अगाडि बढेको बीबीसीले जनाएको छ।

जापानको तनेगाशिमा अन्तरिक्ष केन्द्रबाट एच२–ए नामको रकेटमा यूएइको होप नामक भूउपग्रह मंगल ग्रहमा पठाइएको हो।

यस भूउपग्रहले ५० करोड किलोमिटर पार गर्दै मंगल ग्रहमा पुगेर त्यहाँको मौसन र जलवायुको अध्ययन गर्ने जनाइएको छ।

पहिल्यै लन्च गर्ने भनिएको यस मंगल अभियान खराब मौसमका कारण दुईपटक स्थगित गरिएको थियो।

यूएइको होप उपग्रह सन् २०२१ को फेब्रुअरीसम्ममा मंगल ग्रह पुग्ने अपेक्षा गरिएको छ। सो मितिमा यूएइ स्थापना भएको ५० वर्ष पुग्दैछ।

यही महिना मङ्गल ग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो।

अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा छन्।

अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ।

यद्यपी अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको यस काममा यूएइले प्रयास गरिरहेको हो।

यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन्।

र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ।

खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन्।

एमिरेट्स र पूरै अरब क्षेत्रमा होपले युवाहरूलाई उच्च शिक्षा र विज्ञानमा आकर्षित गर्ने विश्वास गरिएको छ।

तेल र ग्यासमा निर्भर रहेको देशलाई त्यसबाट माथि उठाएर ज्ञानमा आधारित अर्थतन्त्र बनाउने थुप्रै परियोजनामध्ये भूउपग्रह एउटा सङ्केतका रुपमा रहेको यूएई सरकारले बताएको छ।

तर मङ्गलग्रह भएकोले खतरा पनि निकै धेरै छ।

उक्त ग्रहमा पठाइएका सबै मिशनमध्ये आधाजसो विफल भएका छन्।

होप प्रोजेक्टका निर्देशक ओमरान शराफले खतराहरूको ख्याल गर्दै आफ्नो देशको प्रयास सही रहेकोप्रति आश्वस्त पारे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .