ad ad

प्रविधि


चीनको पहिलो स्वतन्त्र मंगल अभियान सुरु

चीनको पहिलो स्वतन्त्र मंगल अभियान सुरु

नेपालखबर
साउन ८, २०७७ बिहिबार ७:४६,

बिहीबार लङ मार्च–फाइभ रकेटको प्रक्षेपण सफल भएसँगै चीनको पहिलो मंगल अभियान सुरु भएको हो।

हेइनान टापुको वेनचाङ स्पेसपोर्टबाट लङ मार्च–फाइभ रकेट प्रक्षेपण गरिएको थियो जहाँ तियनवेन–१ रोवोटिक यन्त्र राखिएको छ।

मंगल ग्रहमा चीनको यस रोवोटिक यन्त्र सन् २०२१ को फेब्रुअरीमा पुग्ने बताइएको छ। मंगल ग्रहको सतहमा सफलतापूर्वक अवतरण गरे यस यन्त्रले मंगल ग्रहको ९० दिनसम्म अनुसन्धान गर्नेछ। यो समय पृथ्वीको ३ महिनाभन्दा बढी हो।

गत जुनमा चाइनिज एकेडेमी अफ साइन्सेस्का अनुसन्धानकर्ता बाओ विमिनले सिन्ह्वासँग तियनवेन–१ को अवतरण कार्य मंगल ग्रह अभियानकै सबैभन्दा जटिल कार्य हुने बताएका थिए। चारवटा प्रक्रिया पुरा गरेर मात्र यन्त्र ग्रहको सतहमा अवतरण गर्नेछ। अवतरण गर्न ७ देखि ८ मिनेट लाग्नेछ।

चिनियाँ अधिकारीहरुका अनुसार तियनवेन–१ रोवोटिक यन्त्रमा थप ३ वटा यन्त्रहरु छन्। अर्बिटरले मंगल ग्रहको कक्षमा घुमेर अनुसन्धान गर्नेछ भने ल्यान्डर र रोभर उक्त ग्रहको सतहमा अवतरण गर्नेछ।

China’s Long March-5 rocket launches from Hainan on Thursday. It was carrying China’s first independent mission to mars. Photo: Xinhua

त्यसपछि रोभरले ग्रहको सतह, वायुमण्डल, आयोनेस्फियर र चुम्बकीय क्षेत्रको अनुसन्धान गर्नेछ।

रोवोटिक यन्त्र जसलाई तियनवेन नाम दिइएको छ यसको अर्थ ‘स्वर्गमा प्रश्नहरु’ हुन्छ। चर्चित कवि क्यु युआनले लेखेको कविताबाट यस नाम राख्न प्रेरणा मिलेको बताइएको छ।

पिपुल्स डेलीका अनुसार अन्तरिक्षबारे अध्ययन गर्ने चिनियाँको दृढ अठोटका कारण यस अभियान संचालन भएको हो।

चीनले मंगल ग्रहमा रोवोटिक यन्त्र पठाउन लागेको यो दोस्रो पटक हो। ९ वर्ष अगाडि चीनले रुससँग मिलेर यिङहु–१ रोवोटिक यान मंगल ग्रहको कक्षमा पठाएको थियो।

तर मंगल ग्रहको कक्षमा पुगेपछि प्राविधिक समस्याका कारण उक्त यान सम्पर्कविहिन भएको चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनले जनाएको छ।

मंगल ग्रहलाई रातो ग्रह भनिन्छ। यो सौर्यमण्डलको दोस्रो सानो ग्रह हो भने सूर्यबाट चौथो स्थानको ग्रह हो। पृथ्वीपछि मंगल ग्रहमा जीवनको सम्भावना भएको बैज्ञानिकहरु बताउँछन्।

An illustration of the Tianwen-1 spacecraft, which is expected to land on the red planet in February 2021. Photo: Weibo

दशकौं अघिबाट नै मंगल ग्रहमा अनुसन्धान गरिने प्रयास भएको थियो। तत्कालिन सोभियत युनियनले सन् १९६० मा पहिलोपटक मंगल ग्रहमा रोवोटिक यान पठाउन खोजेको थियो तर उक्त यान अन्तरिक्षमा पुग्न नपाइ विस्फोट भएको थियो।

सन् १९७१ मा फेरि सोभियत युनियनले मार्स २ अर्बिटर मंगल ग्रहमा पठाएको थियो। मंगल ग्रहको कक्षमा पुगेपनि यो यान ग्रहको सतहमा अवतरण गर्ने क्रममा सम्पर्कविहिन भएको थियो।

सोही वर्ष सोभियत युनियन मंगल ग्रहमा रोवोटिक यान अवतरण गराउन सफल त भयो तर उक्त यन्त्रले १४.५ सेकेन्ड मात्र काम गर्यो।

सन् १९६४ मा अमेरिकाले पनि मंगल ग्रहमा सफलतापूर्वक रोवोटिक यान पठाएको थियो। सन् २००१ मा नासाले यस ग्रहमा पठाएको मार्स ओडेसी रोवोटिक यानले अझै मंगल ग्रहको अनुसन्धान गरिरहेको छ। यो यान मंगल ग्रहमा सबैभन्दा बढी बस्ने यान हो।

युनाइटेड अरब इमिरेट्सले पनि गत जुलाई १९ मा मात्र मंगल ग्रहमा रोवोटिक यान पठाएको छ। यो सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रह पुग्ने अनुमान गरिएको छ। एससीएमपी

(मंगल ग्रहमा रोवोटिक यान अवतरण गराउन अभ्यास)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .