ad ad

प्रविधि


भाइबरले ल्यायो थप प्रभावकारी ‘इमोसन्स मेसेज रियाक्सन फिचर’

भाइबरले ल्यायो थप प्रभावकारी ‘इमोसन्स मेसेज रियाक्सन फिचर’

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:५४,

निःशुल्क एवं सजिलो सञ्चारको लागि विश्वका अग्रणी एपहरुमध्येको एक– राकुटेन भाइबरले यसको प्लेटफर्ममा रहेको लाइक फिचरलाई अर्को स्तरमा पु-याउन कम्यूनिटिहरुमा सन्देश प्रतिक्रियात्मक सुविधा शुरु भएकोे जानकारी गराएको छ।

विश्वव्यापी रुपमा तत्काल सन्देश प्रवाहित हुने माग बढिरहेको सन्दर्भमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको सिर्जनात्मक क्षमता विस्तार हुने गरी उनीहरु आफैँले सन्देश मार्फत् आफ्नोे भाव पूर्ण रुपमा अभिव्यक्त गर्न सक्ने सुनिश्चितता दिएकोे छ।

सन्देशहरुमा आफ्नोे प्रतिक्रिया व्यक्त गर्न प्रयोगकर्ताहरुले कुनै सन्देशको अर्को छेऊमा रहेको हार्ट आइकनलाई एकैछिन ट्याप गरेर आफ्नो लाइक, हाँसो, आश्चर्य, दुःख, वा क्रोध भाव जनाउन सक्छन्।

यी विभिन्न किसिमका भावावेगहरुले प्रयोगकर्ताहरुलाई उनीहरुको कम्यूनिटिमा सेयर गरिएको मेसेज, मिडिया वा अन्य फाइलहरु प्रति राम्ररी प्रतिक्रिया दिन सशक्त बनाउँछ। सञ्चार दुईतर्फि बाटो हो र त्यसैले प्रयोगकर्ताहरुलाई उनीहरुको सन्देशमा उनीहरुका साथीभाइहरुले के कस्तो प्रतिक्रिया दिएका छन् भनेर जान्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ।

यसो गर्नका लागि प्रयोगकर्ताहरुले सन्देशलाई धेरैबेर ट्याप गरेर ‘इन्फो’ चयन गरी आफ्नो सन्देशमा अरुहरुले व्यक्त गरेकोे बृहत्तर किसिमका अभिव्यक्तिहरु हेर्न सक्नेछन्।

‘भाइबर आफ्ना प्रयोगकर्ताहरुले सबैभन्दा सटिक तरिकामा आफूलाई व्यक्त गर्न सकुन् भन्ने प्रति प्रतिबद्ध छ। सन्देश पढिरहेको बेला हार्ट फिचर मार्फत केवल ‘लाइक’ गर्नाले भावावेगहरुको व्यापकतालाई समाहित गर्न नसकिने भएकाले हामीले अझ धेरै गर्न जरुरी देख्यौँ। यो सन्देश प्रतिक्रियात्मक सुविधाले प्रयोगकर्ताहरुलाई सबैभन्दा सही तरिकाबाट प्रतिक्रिया व्यक्त गर्न सबल गराउँछ’ भाइबरको सीओओ ओफिर एयालले भने।

राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ। हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन्।

हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ। भाइबर एफसी बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भने गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .