ad ad

प्रविधि


गुगल भन्छ : हाम्रा कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्छन्

गुगल भन्छ : हाम्रा कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्छन्

नेपालखबर
साउन १३, २०७७ मंगलबार ३:१७,

गुगल कम्पनीले आफ्ना कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्ने बताएको छ।

यसअघि यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कर्मचारी कार्यालयमा फर्किने बताएको उसले अब सन् २०२१ जुनदेखि मात्रै आउने जानकारी दिएको हो।

गुगलका प्रमुख सुन्दर पिचाईले इमेलमार्फत खबर पठाउँदै जुन कर्मचारी कार्यालय आइरहन आवश्यक छैन, उसलाई आगामी वर्षको मध्यसम्म घरमै बसेर काम गर्न भनेका हुन्। याे काेराेना महामारीकाे असर हाे। 

विश्वभर गुगलका २ हजार कर्मचारी छन्। गुगलले गत मेमा यही वर्षको जुनदेखि नै विभिन्न स्थानमा रहेका आफ्ना कार्यालय पुनः खोल्ने जनाएको थियो। तर उसले धेरैजसो कर्मचारी यस वर्षको अन्त्यसम्म घरमै बसेर काम गर्नेछन् भनेको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .