ad ad

प्रविधि


ट्रम्पले भनेः चिनियाँ एप टिकटक अमेरिकामा प्रतिबन्ध गर्छु

ट्रम्पले भनेः चिनियाँ एप टिकटक अमेरिकामा प्रतिबन्ध गर्छु

नेपालखबर
साउन १७, २०७७ शनिबार ५:१२,

अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार आदेशमा हस्ताक्षर गर्नेछन्।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं।’

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए। भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .