ad ad

प्रविधि


ट्रम्पले प्रतिबन्ध लगाउने बताइरहँदा टिकटक भन्छः लामो समयका लागि अमेरिकामा छौं

ट्रम्पले प्रतिबन्ध लगाउने बताइरहँदा टिकटक भन्छः लामो समयका लागि अमेरिकामा छौं

नेपालखबर
साउन १८, २०७७ आइतबार ९:२५,

अमेरिकास्थित टिकटकका जनरल म्यानेजर भेनेसा पापसले भनेका छन्,‘हामीलाई लामो समयसम्म अमेरिकामा रहनु छ।’

उनले टिकटक एकदमै सुरक्षित एप्लिकेसन भएको पनि जिकिर गरेका छन्। ट्रम्पले अमेरिकी सुरक्षामा खतरा उत्पन्न गराउनसक्ने भन्दै टिकटकलाई प्रतिबन्ध लगाउने बताएका थिए।

अमेरिकामा हरेक महिना ८ करोड मानिसले यस एप्सलाई प्रयोग गर्दछन्। अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद छ।

यसबीचमा अमेरिकाले हुवावेसहित अन्य कयौं चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्ध लगाइसकेको छ। टिकटक एप चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको उत्पादन हो।

बाइटडान्सले चीन सरकारले टिकटकलाई हस्तक्षेप गर्न नसक्ने बताउँदै आएको छ। यद्यपी अमेरिका चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्ध लगाउन चाहन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .