ad ad

प्रविधि


अध्ययन भन्छः फेसबुक जनस्वास्थ्यको लागि खतरा

अध्ययन भन्छः फेसबुक जनस्वास्थ्यको लागि खतरा

नेपालखबर
भदौ ३, २०७७ बुधबार १२:३९,

अमेरिकी अनुसन्धान समूह ‘आवाज’ले गरेको अध्ययनअनुसार गतवर्ष मात्र फेसबुकमा ८० लाखभन्दा बढी सूचनाहरु पोस्ट भएका थिए, जुन स्वास्थ्यको बारेमा गलत जानकारी थिए।

कोरोना भाइरस ‘कोभिड १९’ महामारीको समयमा झनै बढी गलत स्वास्थ्य जानकारीहरु सम्प्रेषित भएको आवाजको भनाइ छ।

गलत सूचनाले करोडौं मानिसलाई गलत कदम चाल्न सक्ने भएकाले फेसबुकले करोडौंको स्वास्थ्यमा खेलवाड गरिरहेको अनुसन्धानमा उल्लेख गरिएको छ।

फेसबुकले भने आफूले गलत सूचनाहरु सकेसम्म हटाउने प्रयत्न गरेको प्रतिक्रिया जनाएको छ।

२ अर्बभन्दा बढी प्रयोगकर्ताको स्वास्थ्यका बारेमा आफूहरु सचेत भएकाले गलत सूचना र खबरलाई फेसबुकले प्रतिबन्ध लगाउने जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .