ad ad

प्रविधि

नाष्टद्वारा कोरोना महामारी न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट सार्वजनिक

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार २:२०,

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिका’ सार्वजनिक गरेको छ।

हाल यान्त्रिकाले नाष्टको कार्यालय परिसरभित्र सेवा दिने निर्माणकर्ता समेत रहेका नाष्टका प्राविधिक अधिकृत इन्जिनियर रोशन पाण्डेले जानकारी दिए।

प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कणेंलले ‘यान्त्रिका’ नाम गरेको रोबोट सार्वजनिक गरेका हुन्।

इन्जिनियर पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ले यो रोबोट निर्माण गरेको हो। जसले नेपाली र अंग्रेजी दुई भाषामा कुराकानी गर्न सक्ने नाष्टले जनाएको छ। यसले आगन्तुकलाई कोरोना महामारीबाट बच्न विभिन्न सूचना दिनुका साथै मास्क र स्यानिटाइजरसमेत दिनेछ।

यान्त्रिकाले आगन्तुकलाई हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स र सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिने इन्जिनियर पाण्डे बताउँछन्।

‘यसमा २५ वटा विभिन्न प्रकारका मोटर जडित छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ,’ पाण्डेले भने।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लक्षित गरेर निर्माण गरिएको यान्त्रिका एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो रोबोट भएको नाष्टले जनाएको छ।

नाष्टको मुख्य ढोकाबाट छिर्ने बित्तिकै यान्त्रिकाले स्वागत गर्ने छ। आगन्तुकले मास्क लगाएको नलगाएको बारे जानकारी लिने र आगन्तुकहरुको तापक्रम पनि जाँच्ज छ।

मास्क नलगाई नाष्ट कार्यालय छिरेको व्यक्तिलाई यान्त्रिकाले आफ्नो दायाँ हातको मद्दतबाट झोलामा राखिएको मास्क अटोमेटिक रुपमा दिने छ। मास्क लगाएपछि यो रोबोटले स्यानिटाइजर पनि दिनेछ।

‘कोरोना महामारीमा रोबोटले जानेर स्वयंसेविकाको रुपमा मास्क र स्यानिटाइजर लगाउनुपर्छ भन्ने चेतना दिन्छ,’ पाण्डेले भने, ‘यो महामारीमा हामीले रोबोटमार्फत् स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ,’ पाण्डेले भने।

इन्जिनियर पाण्डेसहित ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, रामकृष्ण यादव, नविन दाहाल, दिवस खड्का, सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरीसहितले करिब ६ हप्ता लगाएर यसको निर्माण गरेका हुन्। २ हप्तासम्म परीक्षण गरेर सोमबार यो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .