स्विजरल्यान्डको यस थिंक ट्यांकका अनुसार त्यसबेलासम्म रोवट क्रान्तिले विश्वभर ९ करोड ७० लाख रोजगारी सिर्जना गर्नेछ।
यद्यपी दैनिक ज्याला मजदुरी गरेर खाने समुदायलाई रोवट क्रान्तिले ठूलो झट्का लाग्ने पनि अनुसन्धानमा बताइएको छ।
फोरमले विश्वभरका ठूला ३ सय कम्पनीमा अनुसन्धान गरेको हो। जहाँ ८० लाख मानिसले रोजगारी पाएका छन्। ती कम्पनीहरुले रोवट र मेसिनको प्रयोग गर्न रुचाएका छन्।
रोवट तथा मेसिनको तिव्र गतिमा विकास भइरहेको समयमा मेसिनले मानिसले गर्ने कामलाई प्रतिस्थापन गर्ने जनाइएको छ।
धेरै जनशक्तिको काम मेसिन र रोवट एक्लैले गर्ने हुनाले ठूलो कम्पनीहरुले मानिसको स्थानमा रोवट र मेसिनलाई स्थान दिने बताइएको छ। एजेन्सी
प्रतिक्रिया