ad ad

प्रविधि


चीनकाे अर्को अन्तरिक्ष यान पनि चन्द्रमामा सफल अवतरण

चीनकाे अर्को अन्तरिक्ष यान पनि चन्द्रमामा सफल अवतरण

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ३:२९,

चीनले अर्को अन्तरिक्ष यानलाई पनि सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको छ।

रोबोटिक चाङ-अ फाइभ अभियानअन्तर्गत मंगलबार राति चीनले यान चन्द्रमाको सतहमा पुर्‍याएकाे हो।

चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो ल्याउनु हो।

उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्र निशानामा पारेको छ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरका क्षेत्र अवलोकन गर्दै सामग्री संकलन गरेर बिताउनेछ।

ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडान गरिएका छन्।

त्यसले चन्द्रमाको सतहबाट करिब २ कलिो ढुंगा/धूलो उठाएर चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ, जसले त्यसलाई पृथ्वीमा ल्याउनेछ।

उक्त यान फर्किन सफल भयो भने सन् १९७० यताकै यो सफल चन्द्र अभियान हुनेछ। जसले चीनलाई अन्तरिक्षको महाशक्ति बनाउनेछ।

चन्द्र अभियानका लागि अमेरिकास्थित नासाले चीनलाई बधाई दिएको छ।

यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो। सोभियत लुना ट्वेन्टी फोर अभियानले चन्द्रमाबाट

करिब २ सय ग्राम सामान पृथ्वीमा ल्याएको थियो। यसै महिनाको अन्त्यतिर उक्त यान भित्री मंगोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .