ad ad

प्रविधि


चन्द्रमाबाट ढुंगामाटो लिएर पृथ्वीमा आइपुग्याे चिनियाँ यान

चन्द्रमाबाट ढुंगामाटो लिएर पृथ्वीमा आइपुग्याे चिनियाँ यान

नेपालखबर
पुस २, २०७७ बिहिबार १:२९,

चीनको चाङ ई-५ यान चन्द्रमाबाट ढुंगामाटो लिएर पृथ्वीमा फर्किएको छ।

स्थानीय समयाअनुसारर बिहीबार करिब डेढ बजे मंगोलियाको भित्री इलाकामा अवतरण गरेको बीबीसीले जनाएकाे छ। 

चन्द्रमाबाट ढुंगा र माटोको नमुना संकलन गर्ने चीनको महत्वाकांक्षी योजना सफल भएकाे हाे। 

chang 2

आफ्नाे यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरेसँगै चीन अमेरिका र तत्कालीन सोभियत संघपछि चन्द्रमाबाट नमुना संकलन गर्ने तेस्रो मुलुक बनेकाे छ।

चीनले चाङ ए-५ यान गत नोभेम्बर २४ मा चन्द्रमामा पठाएको थियो। डिसेम्बर १ मा यानको मुन ल्यान्डरले चन्द्रमामा पाइला टेकेको थियो।

यस क्रममा चीन चन्द्रमामा झण्डा फहराउने अमेरिकापछि दोस्रो मुलुक पनि बनेको छ।

यसअघि सन् २०१३ मा पहिलोपटक चन्द्रमामा यान पठाउने मुलुक पनि चीन नै हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .