ad ad

प्रविधि


शुक्रबार काठमाडौंमा हुँदै छ लाइभ ह्याकिङ, ह्याकरले पाउनेछन् २० हजार पुरस्कार

शुक्रबार काठमाडौंमा हुँदै छ लाइभ ह्याकिङ, ह्याकरले पाउनेछन् २० हजार पुरस्कार

नेपालखबर
पुस ९, २०७७ बिहिबार ८:१९,

मुलुकमा डिजिटल प्रविधिको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा समस्या पनि बढ्दै गएको छ।

अनलाइन प्लेटफर्महरु वृद्धि हुँदै जाँदा यसमा देखिने साइबर सुरक्षा, बगका समस्या पनि देखिनथालेका छन्।

यसलाई ध्यानमा राख्दै मुलुकमा पहिलो बग हन्ट क्राउड सोर्स प्लेटफर्म ‘बगभी’ सुरु हुने भएको छ।

साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीले नेपालकै पहिलो यस्तो प्लेटफर्म सुरु गर्न लागेको यस कम्पनीका संस्थापक नरेश लाम्गादेले बताए।

शुक्रबार विशेष लाइभ ह्याकाथनमार्फत यो कम्पनी सार्वजनिक गर्न लागिएको उनले जानकारी दिए।

‘यो नेपालमै पहिलो र दक्षिण एसियामा दुई÷चार वटाभित्र पर्छ’, बुधबार यसबारे जानकारी गराउँदै लाम्गादेले भने, ‘नेपालमा साइबार सुरक्षामा वैधानिक ह्याकिङ गर्ने प्लेटफर्म होस् भनेर यो सुरुवात गर्न लागेका हौँ।’

यस प्लेटफर्मलाई संसारभरका ह्याकरहरुले प्रयोग गर्न सक्नेछन्।

यस प्लेटफर्म अर्थात् बगभीमा दक्षिण एसियाका जुनसुकै कम्पनीले साइबर सुरक्षाका लागि आफ्नो साइट राख्न सक्नेछन्।

उनका अनुसार उक्त प्लेटफर्ममा विश्वका जुनसुकै ह्याकरले पेनटेस्ट गरेर बग पत्ता लगाई साइट सुरक्षा प्रदान गर्न सक्नेछन्।

नेपालसहित दक्षिण एसियाली क्षेत्रमा साइबर सुरक्षालाई सस्तो र सहज बनाउने उद्देश्यका साथ बगभी प्लेटफर्म सार्वजनिक गर्न लागिएको उनले बताए।

यदि कसैले यस प्लेटफर्मलाई प्रयोग गर्दै सूचीकृत कम्पनीको साइटमा बग पत्ता लगाए भने उनीहरुले पुरस्कार वा त्यसको शुल्क पाउनेछन्।

यदि पत्ता लगाउन नसकेमा कम्पनीले कुनै पनि शुल्क तिर्नुपर्नेछैन।

यसमा बग पत्ता लागेमा कम्तीमा २५ डलर र कम्पनीले तोकेअनुसारको त्यसभन्दा बढी कमाउन सक्नेछन्।

त्यस्तै, कुनै पनि कम्पनीले आफ्नो प्रोडक्ट सार्वजनिक गर्दा बग पत्ता लगाउन भनेमा यस प्लेटफर्मले लाइभ ह्याकिङको सुविधासमेत उपलब्ध गराउने उनले बताए।

बगभी आफैँले पनि शुक्रबार यसको सार्वजनिकसँगै यसमा भएका कमजोरी र बग पत्ता लगाउन लाइभ ह्याकिङ कार्यक्रम गर्दै छ।

यदि उक्त लाइभ कार्यक्रममा यस प्रोडक्टमा बग पत्ता लगाएमा उनीहरुले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीले नेपालमै पहिलो पटक यस किसिमको लाइभ ह्याकिङ अर्थात् (लाइभ ह्याकाथन) गर्नलागेको हो।

यस लाइभ ह्याकाथनमा दुई दर्जनभन्दा बढी ह्याकरहरु सहभागी हुने भएका छन्। २४ घण्टाभन्दा लामो समयसम्म चल्ने ह्याकाथनमार्फत बगभीमा सुरक्षा लुपहोल पत्ता लगाउन ह्याकरले लाइभ पेनिट्रेसन टेस्ट गर्नेछन्।

सूचीकृत कम्पनीको कुनै पनि प्रोडक्टमा गएर ह्याकरहरुले बग पत्ता लगाउन प्रतिस्पर्धा गर्नेछन्। भ्यालिड बग पत्ता लगाउने ह्याकरले उक्त कम्पनीबाट तोकिएको पारिश्रमिकसमेत पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .