ad ad

कारोबार


पठाओले यात्रुको ५ लाखसम्मको बीमा गर्ने

पठाओले यात्रुको ५ लाखसम्मको बीमा गर्ने

नेपालखबर
पुस ९, २०७७ बिहिबार ८:२५,

पठाओमा यात्रा गर्दा ५ लाखसम्मको बीमा हुने भएको छ। पठाओले एभरेष्ट इन्स्योरेन्ससँग राइडर र यात्रु दुवैको बीमा सम्झौता गरेको हो।

पठाओ नेपालले विगत २ वर्षदेखि नै आफ्नो योजनाअनुरुप विभिन्न इन्स्योरेन्स कम्पनीहरुसँग पहल गरे पनि सम्झौता हुनसकेको थिएन।

‘अब उप्रान्त हाम्रो एपमार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपाङ्गताजस्तो अवस्थामा बढीमा ५ लाखसम्मको बीमा गरिएको छ’, पठाओले विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो।

पठाओले यात्रा गर्दा एपको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।

पठाओका अनुसार ५ लाखको इन्स्योरेन्सबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गरिएको समझदारीबाट सम्पूर्ण एप प्रयोग गरी सेवा लिने तथा सेवा दिने राइडर चालकहरुको बढीमा १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको छ।

दुवै सुविधाहरु उपयोग गर्नका लागि घटना भएपश्चात् २० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .