पुराना स्मार्टफोनहरुमा वाट्सएप नचल्ने अमेरिकी संचार माध्यमले जनाएका छन्।
वाट्सएप टेक्स्ट म्यासेज, भ्वाइस म्यासेज, भ्वाइस कल, भिडियो कल, इमजे तथा डकुमेन्ट सेयरिङका लागि भरपर्दो माध्यम मानिन्छ।
आइओएस ९ अपरेटिङ प्रणाली साथै एन्ड्रोइडको ४.०.३ अपरेटिङ प्रणालीभन्दा माथिका फोनहरुमा मात्र वाट्सएप चल्ने बताइएको छ।
आइफोन ४ र त्योभन्दा पुराना आइफोनमा वाट्सएप नचल्ने बताइएको छ। यस्तै आइफोन फोरएस, आइफोन ५, आइफोन फाइभएस, आइफोन फाइभसी, आइफोन ६ र आइफोन ६एसमा वाट्सएप चलाउनका लागि सफ्टवेयर अपडेट गरिनुपर्ने बताइएको छ।
आइफोनमा आइओएस ९ अपरेटिङ प्रणालीभन्दा माथिमात्र वाट्सएप चल्नेछ। एजेन्सी
414
Shares
प्रतिक्रिया