ad ad

राजनीति


महिला, बालबालिका मन्त्रालय : साढे दुई महिनामा फेरिए तीन मन्त्री

महिला, बालबालिका मन्त्रालय : साढे दुई महिनामा फेरिए तीन मन्त्री

नेपालखबर
पुस १२, २०७७ आइतबार १२:७,

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा साढे दुई महिनामा तीन मन्त्री फेरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेरका क्रममा मन्त्रालयको जिम्मा जुलीकुमारी महतोलाई दिएका छन्। योसँगै पछिल्लो साढे दुई महिनामा उक्त मन्त्रालयमा तीन मन्त्री फेरिएका हुन।

ओली नेतृत्वमा नयाँ सरकार बनेपछि यस मन्त्रालयमा चार मन्त्री फेरिएका छन्। त्यसमध्ये पछिल्लो साढे दुई महिनामा तीन जना फेरिएका हुन्। ओली सरकारको सुरुमा थममाया थापा मगरले २०७४ फागुनदेखि २०७६ मंसिरसम्म यस मन्त्रालयको कार्यभार सम्हालेकी थिइन्।

त्यस यताका साढे दुई महिनामा तीन मन्त्री फेरिएका हुन।

प्रधानमन्त्री ओलीले पहिलोपल्ट मन्त्रिपरिषद् पुर्नगठन गर्दा २०७६ मंसिर ५ गते पार्वत गुरुङले महिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

गुरुङले १० महिना मन्त्रालय सम्हालेपछि प्रधानमन्त्री ओलीले दोस्रोपल्ट मन्त्रिपरिषद् पुर्नगठनका क्रममा २०७७ असोज २९ गते यो मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएका थिए।

श्रेष्ठले भने दुई महिना १३ दिन मन्त्रालय हाक्न पाएसँगै ओलीले शुक्रबारदेखि पुनः यस मन्त्रालयको जिम्मेवारीमा जुलीकुमारी महतोलाई दिएका हुन।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हाल्ने पछिल्ला तीन मन्त्री
पार्वत गुरुङ – २०७६ मंसिर ५ देखि २०७७ असोज २८ सम्म
लीलानाथ श्रेष्ठ – २०७७ असोज २९ देखि २०७७ पुस १० सम्म
जुलीकुमारी महतो –२०७७ पुस ११ देखि– हालसम्म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .