ad ad

प्रविधि


समुद्रमुनि केबल बिछ्याएर एसिया र अमेरिकालाई इन्टरनेटले जोड्न जुटे फेसबुक र गुगल

समुद्रमुनि केबल बिछ्याएर एसिया र अमेरिकालाई इन्टरनेटले जोड्न जुटे फेसबुक र गुगल

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:५३,

सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र गुगल महत्वाकांक्षी योजनामा जुटेका छन्।

बीबीसीका अनुसार दुई कम्पनीले दक्षिणपूर्वी एसिया र उत्तर अमेरिकालाई इन्टरनेटले जोड्न समुद्रमुनि केबल राख्ने योजना बनाइरहेका हुन्।

क्षेत्रीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँग मिलेर सिंगापुर र इन्डोनेसियासम्म द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्ने परियोजनाको उद्देश्य छ ।

हङकङ–अमेरिका इन्टरनेटले जोड्ने यस्तै तीन परियोजनाबाट हात झिकेको फेसबुकले नयाँ योजना बनाएको हो । जासुसी हुनसक्ने भन्दै सरकारी ध्यानाकर्षणपछि हङकङ र अमेरिका जोड्ने योजना तुहिएको थियो । यसरी समुद्रमुनि केबल राख्न पनि सम्बन्धित देशको सरकारबाट अनुमति लिनुपर्छ ।

इको र बाइफ्रोस्ट नामका दुई केबलले विभिन्न रुटमा जाभा समुद्र पार गर्नेछन् । फेसबुकका नेटवर्क इन्भेष्टमेन्ट हेर्ने उपाध्यक्ष केभिन साल्भाडोरीका अनुसार यसले उपसमुद्री क्षमता लगभग ७० प्रतिशतले बढाउने बताए । यी केबल सुरुमा उत्तर अमेरिकाबाट सिधै इन्डोनेसियाको मुख्य भूभागमा पुग्नेछ ।

इको केबल बिछ्याउने काम सन् २०२३ सम्म पूरा हुनेछ । गुगल र इन्डोनेसियाली टेलिकम कम्पनी एक्सएल आजियटासँगको साझेदारीमा पछिल्लो परियोजना अघि बढाउन लागिएको हो । त्यसको एक वर्षपछि बाइफ्रोस्ट पूरा हुने आकलन छ ।

अमेरिकाको कुल जनसंख्याको ७३ प्रतिशतले इन्टरनेट चलाए पनि धेरैजसोको पहुाँच अहिले पनि मोबाइल डाटामै निर्भर छ । १० प्रतिशतले मात्रै फिक्स्ड लाइन ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेको इन्डोनेसियाली इन्टरनेट सेवा प्रदायकहरुको संगठनको अध्ययनले गत वर्ष देखाएको थियो ।

फेसबुकले गत वर्ष नै इन्डोनेसियाका २० सहरमा ३ हजार किमि फाइबर निर्माण गर्ने जनाएको थियो । अघिल्लो सार्वजनिक वाइफाइ हट स्पट सम्झौतामै थप हुने गरी फाइबर बनाउने फेसबुकले बताएको थियो । साल्भाडोरीका अनुसार फेसबुकले प्यासिफिक लाइट केबल नेटवर्कलाई पनि निरन्तरता दिने योजना बनाएको छ ।

पीएलसीएनलाई फेसबुक र अमेजनले लगानी गरेका थिए । यसले अमेरिका, ताइवान, हङकङ र फिलिपिन्सलाई जोड्ने बताइएको थियो । तर गत वर्ष यी योजना बीचैमा तुहियो । ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा दखल पुग्ने बताएपछि अघि नबढेको हो । तर फेसबुकले ती योजनामाथि काम गरिरहेको जनाएको थियो ।

त्यस्तै अमेजनको सनफ्रान्सिस्को र हङकङ जोड्ने यस्तै योजनाबाट पनि गत वर्ष हात झिकिएको थियो । एक महिनाअघि फेसबुकको यस्तै योजना रद्द गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .