ad ad

प्रविधि


५० करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, फोन नंबर पनि सार्वजनिक

५० करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, फोन नंबर पनि सार्वजनिक

नेपालखबर
चैत २३, २०७७ सोमबार ८:८,

ह्याकरले अमेरिका, बेलायत, भारतसहित सयभन्दा बढी देशका प्रयोगकर्ताको डेटा लिक गरेको सीएनएनले जनाएको छ।

ह्याकरले यी सबै प्रयोगकर्ताको फोन नम्बर पनि सार्वजनिक गरिदिएको छ।

यो बाहेक प्रयोगकर्ताको नाम, लिंग, व्यवसाय, वैवाहिक अवस्था, काम गर्ने संस्थाको सबै जानकारी पनि अनलाईन प्लेटफर्ममा सार्वजनिक भएका छन्।

अधिकारीहरुका अनुसार सन् २०१९ मै यो फेसबुकको डेटाहरुमा पहुँच पाउन ह्याकिङ भएको थियो।

ह्याकरले यी डेटाहरु म्यासेन्जिङ प्लेटफर्ममा प्रति सर्च २० अमेरिकी डलरमा बेचेका थिए।

फेसबुकले त्यसबेला उक्त ह्याकिङको समस्या सामाधान गरेको बताएको थियो। तर गतवर्षको जुन र यसैवर्षको जनवरीमा प्रयोगकर्ताको डेटा फेरि चोरी भएको छ।

साइबर सुरक्षा सम्बन्धी संस्था हडसन रकका सह संस्थापक तथा प्राविधिक अधिकारी एलोन गेलले सबैभन्दा पहिले फेसबुकको डेटा लिक भएको जानकारी दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .