ad ad

कारोबार


ओपेक प्लसको कदमपछि घट्यो कच्चा तेलको मूल्य

ओपेक प्लसको कदमपछि घट्यो कच्चा तेलको मूल्य

नेपालखबर
चैत २३, २०७७ सोमबार ८:२,

सोमबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य घटेको छ। मे र जुलाई महिनामा गरेको उत्पादन कटौती विस्तारै हटाउने पेट्रोलियम निर्यातक देशहरुको संगठन (ओपेक)को निर्णयसँगै मूल्य घटेको हो।

सोमबार जुन महिनाको लागि ब्रेन्ट क्रुड फ्युचरको मूल्य १.५ प्रतिशतले घटेर प्रतिब्यारेल ६३.९० अमेरिकी डलर कायम हुँदा मेको लागि अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट क्रुडको पनि सोही दरमा घटेर प्रतिब्यारेल ६०.५६ अमेरिकी डलरमा आइपुगेको छ।

रोयटर्सका अनुसार दुवैको मूल्य बिहीबार दुई डलरभन्दा बढी थियो। कोरोना महामारीपछि मागमा भएको वृद्धि र अमेरिकी राष्ट्रपति जो बाइडेनको २० खर्ब डलरको पूर्वाधार योजनाले कच्चा तेलको मूल्य बढेको थियो।

तर शुक्रबार विदा भएकाले बजार बन्द थियो।

ओपेक, रुस र ऊपक्षीय देशहरुको समूह ओपेक प्लसले मे र जुनमा सहमति जनाएको प्रतिदिन साढे ३ लाख ब्यारेल र जुलाईमा अरु चार लाख कच्चा तेल उत्पादन कटौती हटाउन सहमति जनाएसँगै मूल्य घटेको बताइएको छ।

अमेरिकाले तेलको मागभन्दा मूल्यमा ध्यान दिएर उत्पादन गर्न साउदी अरेबियालाई आग्रह गरेको थियो। युरोपका कतिपय देशमा अझै लकडाउन कायमै छ। जापानमा पनि यही खाले कडाइ हुनसक्ने आकलन छ।

बिहीबार यी देशबीच उक्त सहमति भएको हो। सहमतिअनुसार ओपेक प्लसको कटौती अप्रिलको ७० लाख ब्यारेल प्रतिदिनभन्दा थोरै तल साढे ६ लाख हुनसक्नेछ।

त्यस्तै साउदी अरेबियाले जुलाईको कटौती पनि हटाउने जनाएको छ। यसबाट १० लाख ब्यारेल प्रतिदिन उत्पादन बढ्नेछ। योसँगै साउदी अराम्कोले मेका लागि तय आधिकारिक बिक्री मूल्य एसियामा आइतबार बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .