ad ad

प्रविधि


यी हुन् विश्वमै सबैभन्दा बढी विक्री भएका स्मार्टफोनहरु, एप्पलको दबदबा

यी हुन् विश्वमै सबैभन्दा बढी विक्री भएका स्मार्टफोनहरु, एप्पलको दबदबा

नेपालखबर
चैत २९, २०७७ आइतबार १२:१३,

काउन्टरपोइन्ट वेबसाइटका अनुसार विश्वमै सबैभन्दा बढी विक्री हुने फोनको सूचीमा शीर्ष ३ मा एप्पलका स्मार्टफोन परेका छन्।

साथै सबैभन्दा बढी विक्री भएको स्मार्टफोनको शीर्ष दश सूचीमा ६ वटा आइफोनका सेरिज परेका छन्।

बेस्ट सेलिङ स्मार्टफोनको पहिलो सूचीमा आइफोन १२ छ। साथै दोस्रो तथा तेस्रो सूचीमा आइफोन १२ सेरिजकै फोनहरु परेका छन्। क्रमशः १२ प्रो र १२ प्रो म्याक्स यो सूचीमा छन्।

काउन्टरपोइन्टको प्रतिवेदनअनुसार सन् २०२१ को जनवरीसम्ममा विक्री भएको तीन आइफोनको विक्री एप्पलको कमाईको ७१ प्रतिशत हो।

१२ सेरिजको कुल विक्रीको एक तिहाई हिस्सा अमेरिकाबाट आएको बताइएको छ। रिपोर्टअनुसार फाइभ–जी नेटवर्कको बढ्दो माग भइरहँदा आइफोनलाई विश्वसनीय मानिएको छ।

रिपोर्टअनुसार एप्पलका ६ स्मार्टफोन दश शीर्ष स्मार्टफोनको सूचीमा छन्। आइफोन १२ मिनी, आइफोन ११ र आइफोन एसइ २०२० पनि बढी विक्री भएका फोन हुन्।

विश्वमै सबैभन्दा बढी विक्री भएको स्मार्टफोनमा एप्पलको आइफोनले दबदबा कायम गर्दा सामसङ र रेडमी पनि सूचीमा छन्।

रेडमीको ९ ए पाँचौ स्थानमा छ भने सोही सेरिजको रेडमी ९ छैठौं स्थानमा छ। सामसङको ग्यालेक्सी ए२१एस सातौं स्थानमा छ भने सामसङकै ए३१ नवौं नम्बरमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .